
वि.सं.२०७७ असार- २९,सोमवार, ई.सं. २०२० जुलाई -१३,शक संवत्-१९४२,नेपाल संवत्-११४० दिल्लागा,प्रमादी,उत्तरायण,ग्रीष्म,श्रावण कृष्णपक्ष तिथि-अष्टमी , १६:५२ बजे उप्रान्त नवमी,नक्षत्र-रेवती ११:०२ बजे उप्रान्त अश्विनी,योग-सुकर्मा , २३:२० बजे उप्रान्त धृति, करण-कौलव १६:४२ बजेदेखि तैतिल , ४२:४९ बजे उप्रान्त वणिज,चन्द्रराशि-मीन, आनन्दादि योग-मातंग,सूर्योदय-५:१८,सूर्यास्त-१९:००, दिनमान-३४ घडी १५ पला, पञ्चक ११:०२ बजे समाप्ति। व्रत/पर्व- गोरखकाली पूजा। आदिकवि भानुभक्त जयन्ती।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) – खेलकुद क्षेत्रमा सफल भइनेछ,रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ,बोलीमा सुधार गरि गोपनीयतामा ख्याल गर्नुहोला, आजको शुभ अंक ४ रहेको छ ।



बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) – दाजु भाइ बिचमा मन मुटाव हुनेछ,कृषि,पशुपालन तथा व्यापारमा फाइदा हुनेछ,अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ, आजको शुभ अंक ७ रहेको छ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) – आफन्त संग चनाखो रहनु होला,यात्रा गर्दा विचार गर्नु होला अप्रिय घटना हुनसक्छ,साहसी काम गरेर अरूको परिवारको मन जित्न सकिनेछ, आजको शुभ अंक ६ रहेको छ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) – स्वाथ्यमा समस्या हुनाले यात्रा गर्दा विचार गर्नु होला,मान–सम्मानमा आघात पुग्नेछ र बोलीको गलत अर्थ लाग्नेछ,शत्रुहरु हावी हुनेछन, आजको शुभ अंक ५ रहेको छ ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) – बोलीको गलत अर्थ लाग्नाले पारिवारिक विवाद बढ्ने छ,आफन्तको कारण विवादमा परिनेछ,नसोची बोल्ने बानीले काम बिग्रिनेछ, आजको शुभ अंक १० रहेको छ ।
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)– सामान चोरि हुने हराउने योग छ,बिबादिद काममा लगनशीलताले मात्र परिस्थितिलाई बदल्न सक्छ, चुनौतीभित्र अवसर खोज्ने समय छ, आजको शुभ अंक ७ रहेको छ ।
तुला-रा,री,रु,रे,रो,ता,ती,तू,ते) – कृषि,पशुपालन तथा व्यापारमा फाइदा हुनेछ,स्वार्थमा लोभिने हुदाँ रोजगारी अवसर मा गुमाइनेछ,पति पत्नी बिचमा मन मुटाव हुनेछ, आजको शुभ अंक २ रहेको छ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)– शारीरिक मानसिक पिडा हुनेछ,परिवारमा विवाद हुनेछ,जटिल काममा पनि प्रयत्न गर्दा सकारात्मक संकेत प्राप्त हुनेछ,सामाजिक कार्य सफल भइनेछ, आजको शुभ अंक ९ रहेको छ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)– गलत समाचारले गर्दा मान–सम्मानमा आघात पुग्नेछ,अप्ठ्यारा परिस्थितिलाई सहज बनाउन निकै मेहनत गर्नु पर्नेछ,बोलि वचनमा सुधार गर्नु होला, आजको शुभ अंक ४ रहेको छ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) – समयले साथ दिनेछ ,आर्थिक क्षेत्रमा सफल हुनेछ,नसोची दियको बोलि वचनले गर्दा अफ्ठेरोमा परिनेछ, आर्थिक अभावले गर्दा पारिवारिक विवाद बढ्ने छ,आजको शुभ अंक ३ रहेको छ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)– लेनदेनमा विवाद हुनेछ,स्वार्थमा लोभिने हुदाँ झुटो आरोप लाग्न सक्छ,साझेदारीको काममा विवाद हुदा शत्रुले फाइदा उठाउनेछन, आजको शुभ अंक १ रहेको छ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) – सत्य वचन तथा दरिलो अडानले गर्दा सफल भइनेछ,आफ्नो स्वामित्वका वस्तुमा अरूले दाबी गर्न सक्छन्,समयले साथ दिनेछ व्यपार लागि सफलदायी रहनेछ, आजको शुभ अंक ८ रहेको छ । दिब्य ज्योतिष बाट साभार