१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

भक्तपुर : १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका
छन्।

 

बिज्ञापन

भक्तपुर नगरपालिका-८ लिवाली डेरा गरी बस्ने सोही नगरपालिका-७ गोलमढी घर भएका ५९ वर्षीय रत्नप्रसाद शाहीलाई प्रहरीले पक्राउ गरेको हो ।

 

शाहीले ती बालिकालाई आफ्नो कोठामा बोलाई ललाइफकाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।