सडक निर्माण गरेको विरोधमा भारतीय दूतावास अगाडि प्रदर्शनको तयारी

नेपाली भूमि मिचेर सडक निर्माण गरेको विरोधमा विद्यार्थीले आन्दोलन गर्ने भएका छन् ।

 

बिज्ञापन

आज दिउँसो १ बजे भारतीय दूतावास लैनचौर अगाडि विद्यार्थीले आन्दोलन गर्न लागेका हुन् ।

 

लिपुलेक कालापानीमा नेपाली भूमि मिचेर भारतले सडक निर्माण गरेको विरोधमा प्रदर्शन कार्यक्रम आयोजना हुने अनेरास्ववियूले जनाएको छ ।

 

सामाजिक दूरी कायम गर्दै विरोधका कार्यक्रम आयोजना हुने अनेरास्ववियूका नेता सुदेश पराजुलीले जानकारी दिए

 

नेपाली जमिन मिचेर भारतले एकतर्फी रूपमा मनसरोव जाने सडक बनाएपछि त्यसको विरोध भइरहेको छ । सरकारले भने नेपाली भू-भागबारे सजग रहेको बताएको छ ।