
काठमाडौं : प्रदेश १ का ठूला भनिएका स्वास्थ्य संस्था नागरिकको उपचारमा निकै गैरजिम्मेवार दिएका छन् । यी अस्पतालको बोलि एकातिर काम अर्को तिर भइरहेको छ । यी ठूला अस्पतालहरुको अमानविय व्यवहारका कारण उपचार नपाएर आमनागरिकले अकालमै ज्यान गुमाउन बाध्य भएका छन् ।




विराटनगरमा दुई वटा ठूला निजी अस्पताल छन्–विराट र नोबेल मेडिकल कलेज । त्यसबाहेक अन्य निजी अस्पताल र नर्सिङ होम पनि उपचारका लागि भन्दै सञ्चालनमा ल्याइएको छ ।

प्रदेश १ का धेरै स्थानबाट विरामी उपचारका लागि विराटनगर पुग्छन् । तर, कोरोनाको संकठपछि यी अस्पतालले जिम्मेवारी निर्वाह गरेका छैनन् । त्यसैले विरामी उपचार नपाएर अकालमै ज्यान गुमाउन बाध्य छन् ।
सुनसरी देवानगनका ३५ वर्षीय रवीन्द्र यादवलाई मृगौला र कलेजोमा समस्या देखिएपछि कोशी अस्पतालमा भर्ना गरिएको थियो । भेन्डिलेटर चाहिने भएपछि कोशी अस्पतालले रिफर गर्यो । विरामीका परिवारले गत बुधबार राति यादवलाई एम्बुलेन्समा नोबेल मेडिकल कलेज लगे । तर, ज्वरो देखिएको भन्दै विरामीलाई गेटबाटै फर्काइयो ।
त्यसपछि लाइफ गार्ड हस्पिटल लगियो । त्यहाँबाट पनि उपचार नगरि फर्काइयो । १८ गते बिहीबार धरानस्थित वीपी कोइराला स्वास्ग्य विज्ञान प्रतिष्ठान पुर्याइएका यादवको त्यही मृत्यु भयो ।
यसैगरी वैशाख १८ गते बिहीबार उदयपुरका त्रियुगाकी सरस्वती रोनियार गर्भवती थिइन् । उनी प्रसुतीका लागि नोबेल मेडिकल कलेज भर्ना भएकी थिइन् । बिहीबार उनलाई प्रसुती सल्यक्रियाका लागि अपरेसन थेएटरमा लगियो । चिकित्सकले विरामीको ठेगाना सोधे र उनले उदयपुर भनेपछि थेएटरबाटै रोनियारलाई निकालियो ।
उदयपुरमा कोरोना संक्रमित भेटिएको भन्दै त्यही कारण देखिएर सल्यक्रिया कक्षबाटै गर्भवतीलाई निकालिएको छ ।
‘उदयपुर भन्ने बित्तिकै बाहिर निकालिए । उदयपुरको सबै ठाउँमा कोरोना लागेको छैन नी । म गर्भवती हु म बाहिर निस्कन मिल्दैन । म घर भित्रै बसेको छु । त्यस्तो केही छैन ।’रोनियार भनिन्–‘चिकित्सकहरुले तपाई डेन्जर जोनबाट आउनु भएको छ । हामी सक्दैनौं भन्नुभयो । उहाँहरुले रेफर भनेर लेखेको छ ।’
सरस्वती अहिले छोरा जन्माएर कोशी अस्पतालमा आराम गरिरहेका छन् ।
नोबेल शिक्षण अस्पतालले उदयपुरबाट आएको विरामी भएकाले रेफर गरेको पुर्जी मै लेखेको छ ।
सरस्वीतका आफन्तले नोबेल कलेजविरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका छन् ।
यस्तै अर्को घटना हो–चैत १७ गतेको । मुटुमा समस्या देखिएपछि धनकुटाको महालक्ष्मी नगरपालिका–५ की ५२ वर्षीया नरदेवी गुरुङको विराटनगरका निजी अस्पताल चाहार्दाचाहार्दै चैत १७ गते विराटनगरमा मृत्यु भयो । धनकुटाबाट एम्बुलेन्स विराटनगर लगिएकी नरदेवी उपचार नपाएर ज्यान गएको थियो ।
ज्वरो आएपछि ठूला अस्पतालको तुच्छ व्यवहार, सुविधासम्पन्न अस्पताल डुलाउँदा-डुलाउँदै गयो ज्यान
धनकुटाबाट परिवारका सदस्यले सदस्यले एम्बुलेन्समा राखेर चैत १७ करिब १० बजे बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान ल्याइर्पुयाए । त्यहाँ चेकजाँचका क्रममा ज्वरो १०२ डिग्री देखियो । त्यसपछि उनको शुरु गरेपछि चिकित्सकले आईसीयू खाली नभएको र बिरामीलाई तत्काल आईसीयूमा राख्नु पर्ने भन्दै विराटनगरको न्युरो अस्पताल रेफर गर्यो ।
वीपीले बनाइदिएको सिफारिससहित बिरामी लिएर लगभग १२ बजेबाट न्युरोमा औषधि किन्न लगाउँदै नर्सहरुले उपचार शुरु गरेर डाक्टरलाई बोलाए । तर, पछि डाक्टर आएर भेन्टिलेटर खाली नभएको र धेरै ज्वरो आएको बिरामी उपचार गर्न नसकिने भन्दै अस्पतालबाट निकालिदिएको छोरी लक्ष्मीले बताएकी थिइन् । तर, केही दिनयता न्युरोको भेन्टिलेटर खाली नै रहेको पाइएको थियो ।
त्यहाँबाट निकालिएपछि सोही दिन करिब १ बजे बिरामीलाई विराट नर्सिङ होम विराटनगर पुर्याइयो । तर, त्यहाँ पनि नर्स र चिकित्सकले उपचार गर्न मानेन् । विराट नर्सिङ होमका कर्मचारी र चिकित्सकले अरु अस्पतालले उपचार गर्न नमानेको बिरामीलाई हामीले किन उपचार गर्ने भन्दै तुच्छ व्यवहार गरेको लक्ष्मीले बताएकी थिइन् ।
विराट नर्सिङ होममा पनि उपचार नभएपछि उनलाई त्यहाँबाट फेरी नोबेल शिक्षण अस्पताल पुर्याइयो । त्यहाँ परिवारका सदस्य र आफन्तले धेरै बिन्ति गरेपछि अस्पताले उपचार शुरु गर्यो । उपचारकै क्रममा दिउँसो ३ः३० बजेतिर नोबेल शिक्षण अस्पतालमा नरदेवीको मृत्यु भयो ।
यसैगरी चैत १९ गते बुधबार एपेन्डक्सको शल्यक्रिया गर्ने सम्पूण तयारी हुँदै गर्दा विरामीले खोकेपछि नोबेल मेडिकल कलेजका चिकित्सकहरुले सल्यक्रिया गर्नबाट पछि हटेका थिए । मोरङको पथली शनिश्चरे–७ की ७० वर्षीया वृद्धाको दाहिनेपट्टिको पेख दुखेपछि उनी नोवेल भर्ना भएकी थिइन् । बुधबार ९ बजे शल्यक्रिया गर्ने तयारी भइरहेको थियो । तर, अन्तिम समयमा आएर वृद्धाले खोकेपछि चिकित्स वृद्धालाई कोरोना पनि रहेछ भदै शल्यक्रिया गर्नबाट पन्छिएका थिए ।
नोवेलले कोरोनाको बिरामी भनेको ७० वर्षीया वृद्धाको बिपी प्रतिष्ठानमा एपेन्डिक्सको शल्यक्रिया
त्यसको भोलिपल्ट चिकित्सक अभाव देखिँदै वीपी कोइराला रेफर गर्यो । उनको बिहीबारनै वीपी प्रतिष्ठानमा एपेन्डिक्सको शल्यक्रिया भयो ।
यी त केही घटनाले विराटनगरका निजी अस्पतालले नागरिकको स्वास्थ्यसँग कसरी खेलवाड गरिरहेका छन् भन्ने प्रष्ट हुन्छ । तर, यिनै अस्पतालले गफ ठूला–ठूला दिइरहेका छन् ।
यता विराट मेडिकल कलेजका सञ्चालक डा. ज्ञानेन्ख्रमानसिंह कार्कीले साञ्चारकर्मीसँग कुरा गर्दै कोशी अञ्चल अस्पतालले जनतालाई दिने जुन सेवा सुविधा छ सो सुविधा ‘फ्रिदिन’ तयार रहेको बताएका छन् ।
नोबेल मेडिकल बलेजका निर्देश डा. राजेश नेपाल भन्छन्–‘अस्पतालमा ज्वरोका विरामीहरु धेरै हुनुहुन्छ । यहाँ बसैले उपचार पाइरहनु भएको ।’
विराटनगरका निजी अस्पतालहरुले कुरा एउटा र काम अर्को गरिरहेको पुष्टि भएको छ । पछिल्लो समय गर्भवती महिलासमेत अस्पतालबाट निकाएपछि प्रदेश सरकार पनि यसप्रति गम्भीर भएको देखिएको छ ।
प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले उदयपुर ठेगाना भएकै कारण स्वास्थ्य उपचारबाट बञ्चित हुनेपर्ने जुन अवस्था सृजना भयो यसबारे मन्त्री स्तरीय निकायसँग सरसल्ला गरिएको र यस विषयलाई गम्भीर रुपमा लिएको बताए ।