
कोभिड–१९ बाट ओमानमा रहेका नेपाली सुरक्षित रहेका छन् । मस्कटस्थित नेपाली दूतावासले हालसम्म कुनै पनि नेपालीमा कोरोनाको सङ्क्रमण नभएको जनाएको छ ।

बिज्ञापन



कोरोना भाइरसबाट आजसम्म ओमानमा ४ सय ५७ सङ्क्रमित भएको तथा २ जनाको को मृत्यु र ७१ जना स्वास्थ्यलाभ गरी घर फर्केका छन् ।

कोरोनाबाट विभिन्न मुलुकका ९ नेपालीको ज्यान गइसकेको छ भने १ सय भन्दा बढी नेपाली कोरोनाको सङ्क्रमणको चपेटामा परेका छन् ।
२८ चैतदेखि आगामी १२ वैशाखसम्म ओमान सरकारले लकडाउन गर्ने तयारी गरेको भन्दै दूतावासले सो समयमा अत्यावश्यकबाहेक कुनै पनि काममा घर बाहिर ननिस्कन त्यहाँका सबै नेपालीमा आग्रह गरेको छ ।
ओमानमा रहेका तथा बिदामा नेपाल आएका नेपालीको भिसाको म्याद समाप्त भए अनलाइनबाट भिसा थप गर्ने व्यवस्था मिलाएको दूतावासले जनाएको छ । रासस