
काठमाडौं : पूर्वसभामुख कृष्णबहादुर महराको मुद्दामा पीडित भनिएकी रोशनी शाहीको मेडिकल रिपोर्ट सार्वजनिक भएको छ ।




हिजो (मंगलबार) मात्र जिल्ल अदालत काठमाडौंबाट सफाइ पाएका महरा जेलमुक्त भएका छन् । जिल्ला अदालत काठमाडौंले महरा रोशनीको डेरामा पुगेको प्रमाण नभएको तथा यौन दुर्व्यवहार भएको प्रमाण पनि नभएको भन्दै उनलाई निर्दोष साबित गरिदियो ।

यसरी निर्दोश सावित गर्नुको एउटै कारण हो स्वास्थ्य परीक्षणको कागजात ।
कागजात अनुसार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतल महाराजगञ्जमा भएको रोशनीको स्वास्थ्य परीक्षणमा रोशनीको शरीरको विभिन्न स्थानमा घाउचोट भएपनि यौनाङ्गहरुमा कुनै चोट नभएको जनाएको छ । यस्तै डाक्टरको रिपोर्टमा रोशनीको मानसिक अवस्था सन्तुलित नरहेको भन्दै उनलाई मनोपरामर्शको आवश्यकता देखिएको बताइएको छ ।
यसअघि अदालतमा बयान दिने क्रममा पनि रोशनीको स्वास्थ्य परीक्षण गर्ने डाक्टर आहाना श्रेष्ठले रोशनीलाई मानसिक परामर्श आवश्यक रहेको बताएका थिए ।