
दमक / उपभोक्ता अदालतले लापरबाही गरेको भन्दै चाबहिलस्थितओम हस्पिटललाई ५० लाख भन्दा बढी क्षतिपूर्ति तिराउने फैसाल गरेको छ ।

उपभोक्ता अदालतले बिहीबार निर्णय सुनाउँदै चिकित्सकीय लापरबाहीका कारण बिरामीको ज्यान गएको भन्दै चाबहिलस्थित ओम ५० लाख ७० हजार रूपैयाँ क्षतिपूर्ति तिराउने फैसला गरेको हो ।



२०८० चैत २ गते दर्ता भएको याे मुद्दा अदालतका अध्यक्ष रामप्रसाद शर्मा र सदस्यद्वय गेहेन्द्र राज रेग्मी र आनन्दराज पोखरेलको इजलासले लापरबाहीबाट भएको क्षतिको ८० प्रतिशत अस्पतालले र बाँकी २० प्रतिशत उपचारमा संलग्न चिकित्सकले वहन गर्नुपर्ने ठहर गरेको छ ।

साे मुद्दा बुढानीलकण्ठ–९ का बसन्त गौतमले दायर गरेका थिए । उनका ९८ वर्षीय बाबु हरिहरप्रसाद गौतम ओम हस्पिटलमा उपचारका लागि भर्ना भएका थिए । बाथरुममा लडेका बाबुको अस्पतालले परीक्षण नगरी सिधै पीडाबाट राहत दिने इन्जेक्सन दिएको र त्यसकै कारण मृत्यु भएको भन्दै बसन्तले ५ करोड क्षतिपूर्तिको माग गरेका थिए ।