मेयर बालेनको प्रयास प्रशंसनीय छ, सबैले सहयोग गरौँ : कमल थापा

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजधानी काठमाडौंलाई सुन्दर र स्वच्छ बनाउने मेयर बालेनको प्रयास प्रशंसनीय रहेको जनाउँदै त्यसमा सबैले सहयोग गर्नुपर्ने बताएका छन् ।

‘अवैध संरचना भत्काउने र देशको राजधानी काठमाडौंलाई सफा सुन्दर र स्वच्छ बनाउने मेयर बालेनको प्रयास प्रशंसनीय छ,’ थापाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘तत्काल केही असुविधा भए पनि यसले दीर्घकालमा सबैलाई फाइदा हुन्छ । यस कार्यमा सबैले सहयोग गरौँ ।’

बिज्ञापन

काठमाडौं महानगरपालिकाले पछिल्लो समय नक्सा पास नगरी अवैध रूपमा बनाइएका संरचना हटाउन थालेको छ । बुधबार बिहान मेयर बालेनसँगै काठमाडौं उपत्यका ट्राफिक प्रहरी प्रमुख मीरा चौधरीलगायतको टोली डोजरसहित काठमाडौं मल पुगेर अवैध रूपमा बनाइएका संरचना भत्काएका थिए ।

त्यस लगत्तै महानगरपालिकाले खिचापोखरीस्थित आरबी कम्प्लेक्स अगाडि पनि डोजर चलाएको थियो ।