वामदेव गौतमको पनि हरायो एक्लै चुनाव लड्ने हिम्मत, माओवादीको चिन्हबाट लड्ने

काठमाण्डौं। नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतममा पनि एक्लै चुना जित्ने हिम्मत हराएको छ । उनी सोहि कारण नेकपा माओवादी केन्द्रको चुनाव चिन्हबाट आगामी संसदीय निर्वाचनमा सहभागी हुने भएका छन्।

माओवादी केन्द्रको आज बसेको स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको हो । वामदेवलाई पार्टीको चुनाव चिह्न गोलाकारभित्रको हँसिया हथौडाबाट लड्न स्वीकृति दिने बैठकले निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

बिज्ञापन

उनले भने, राष्ट्रिय एकता अभियानका संयोजक बामदेव गौतम र बाबुराम भट्टराई कमरेडले हाम्रो चुनाव चिह्नबाट आगामी संसदीय चुनावमा लड्ने विचार गर्नुभयो, त्यसलाई हामी स्वागत गर्छौं।

एउटै चुनाव चिन्हबाट सहभागी हुनेबारे आजनै निर्वाचन आयोगमा पुगेर जानकारी गराइने पनि महराले जानकारी दिए । गौतमले प्यूठानबाट आगामी प्रतिनिधिसभाको चुनाव लड्ने माओवादीसँग प्रस्ताव पनि गरेका छन् ।

२०७० मा प्यूठान–१ र बर्दिया–१ बाट जितेका उनले ०७२ को संविधानले भने दुई ठाउँबाट चुनाव लड्ने प्रावधान हटाएपछि बर्दिया–१ बाट चुनाव लडेका उनी कांग्रेसका सञ्जयकुमार गौतमसँग पराजित भएका थिए । बर्दियाका जनताबाट तिरस्कृत भएका उनी प्युठान जान लागेका हुन् । तर प्युठानमा पनि उनलाई सहज भने छैन् ।

तत्कालीन नेकपामा विभाजन देखिएपछि तटस्थ बसेका वामदेव एमाले ब्यूँतिएपछि केपी शर्मा ओली नेतृत्वमा बस्न नसक्ने भन्दै बाहिरिएका थिए।