सत्ता गठबन्धनमा सिट बाँडफाँड गर्न बनेको कार्यदलको बैठक बस्दै

काठमाडौं। संघीय र प्रदेश सरकार निर्वाचनका लागि सिट बाँडफाँडका लागि पाँच दलीय गठबन्धनले निमार्ण गरेको कार्यदलको दोस्रो बैठक आज बस्दैछ। 

नेपाली कांग्रेसका नेता तथा कार्यदल प्रमुख कृष्ण सिटौलाको नेतृत्वमा दिउँसो २ बजे बस्ने बैठकले १ सय ६५ निर्वाचन क्षेत्रमा कुन कुन पार्टीलाई सिट दिने भन्ने बारेमा छलफल गर्नेछ। 

बिज्ञापन

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एस र राष्ट्रिय जनमोर्चाका प्रतिनिधि सम्मिलित सो कार्यदलले १ सय ६५ निर्वाचन क्षेत्रसहित सो निर्वाचन क्षेत्र अन्तर्गतका प्रदेश बाँडफाटका बारेमा छलफल गरी शीर्ष नेतृत्वहरुलाई सुझाव पेश गर्नेछन् । 

कार्यदलको बैठकमा सबै दलले आ–आफ्नो सिटका बारेमा दाबी पेश गर्नेछन् र सो दावी अनुसार कार्यदलले सुझाव तयार गर्नका लागि बैठकमा प्रारम्भिक छलफल गर्नेछन्। सो कार्यदलमा कांग्रेसका तीन र अन्य दलका २–२ सदस्य रहेका छन्।