
एजेन्सी। जापानमा फेरि गर्मी बढ्न थालेपछि त्यहाँको मौसम विभागले सतर्क रहन सूचना जारी गरेको छ। आज अगष्ट महिनाको पहिलो दिन,जापानको अधिकांश भागमा चर्को गर्मी रहेको बताइएको छ।

कोन्तो कोसिन क्षेत्रमा बिहानैबाट उच्च वायुमन्डलीय चापले गर्मी बढ्ने र हावामा गर्मीको मात्र आज बिहानैबाट बढेको छ। तातो हावा र गर्मीको कारणले हिट स्ट्रोकको सम्भावना भएको भन्दै शीतल हुने स्थान वा समय समयमा पानी पिउन आग्रह गरिएको छ।
बिज्ञापन



आज बिहान ११ बजे मापन गरिएको तापक्रममा सबैभन्दा बढी तोतोरी प्रान्त कम्तीमा पनि ३८ डिग्री एवं टोकियो, ओसाका, साईतामा र फुकुओका क्षेत्रमा कम्तीमा पनि ३६.३७ डिग्री पुग्ने अनुमान गरिएको थियो।
