

पोखरामा आयोजित महानगरका मेयर तथा उपमेयरको सम्मेलनमा बोल्दै साहले यस्तो बताएका हुन् । उनले अन्य महानगरले काठमाडौं महानगरबाट सिक्नुपर्ने कुरा भन्दा नसिक्नुपर्ने कुरा धेरै रहेको बताएका छन् । काठमाडौंले गरेका गल्ती नदोहोर्याउन अन्य महानगरलाई उनले आग्रह समेत गरेका छन् ।



सम्मेलनमा सम्बोधन गर्दै साहले महानगरले अहिले फोहोरको समस्या, पानीको समस्या कंकिटको समस्या भोगिरहेको उल्लेख उनले बताए । अरु महानगरमा काठमाडौंको जस्तो बेहाल अवस्था नआओस् भनेर सचेत हुनुपर्नेमा उनको जोड छ ।

साहले भने ‘हाम्रोमा विजुली जति पनि छ । बायोग्यासको प्रभावकारीता छैन । त्यसैले मल उत्पादनलाई नै सबैभन्दा उपयुक्त विकल्प सोचिएको हो ।यसमा हामी हतार गर्ने पक्षमा छैनौं ।’
उनले थपे, ‘हामीले गाली खाइखाइ फोहोर व्यवस्थापनका लागि किन समय कुरेको भन्दा हामीलाई तुरुन्तै हुने तर दिर्घकालीन नहुने व्यवस्था चाहिएको छैन । यस्तो चीज चाहिएको छ कि भोलि ३०-५० वर्ष पछाडि पनि हाम्रो छोराछोरीले हामीलाई बाउबाजेले देश विगारे भनेर गाली नगररुन् ।’सामाजिक सञ्जाल र मिडियामा नराम्रो कुराहरू आउने र राजनीतिक दवावमा निर्णय लिने प्रवृत्ति रहेको उनले बताएका छन् ।
अहिले पनि तुरुन्तै दुई पाँच अर्ब खर्च गरेर मेसिन ल्याउने हो भने फोहोर व्यवस्थापन गर्न सकिएपनि त्यो दिगो समाधान भने नहुने शाहको भनाई छ । काठमाडौं महानगरपालिकाबाट सिक्न सकिने एउटा काम भएको उनको भनाइ छ । १ वर्ष नदेखिने काम गरेर महानगरवासीको गाली खान तयार रहेको मेयर शाहको भनाई छ ।
मेयर साहले भने, ‘अहिले महानगरले गरेको काम तत्काल नदेखिए पनि नदेखियोस्, तर ५० वर्ष पछिसम्म टिकोस् । हाम्रो बुझाइ के छ भने काम बरु नदेखियोस्, तर सँधैका लागि होस् । हामी नआत्तिइकन गछौ । हामी एक वर्षसम्म महानगरबासीबाट गाली खान तयार छौं । तर हामीले महानगर राजधानीलाई जोगाउनुपर्छ ।’