
बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले सचेत र संयमित हुन त आतंकित नहुन बीमा कम्पनीहरुलाई आग्रह गरेका छन् । आइतबार राजधानीमा आयोजित हिमालयन एभरेस्ट इन्स्योरेन्स लिमिटेडको एकीकृत कारोबार शुभारम्भ कार्यक्रममा बोल्दै अध्यक्ष सिलवालले नियमन भनेको नियन्त्रण नभएको बताए । ‘नियमन भनेको नियन्त्रण होइन, नडराउनुहोस् । तर, ऐन, नियम र परिधिभित्र बसेर काम गर्नुस् ।

यसले बीमा क्षेत्रको विश्वसनीयता मात्र होइन विकासमा समेत सहयोग पुग्छ’ सिलवालले भने । यस्तै बीमा क्षेत्रको कमजोर स्थितिकै कारण बलियो उपस्थित जनाउन नसकेको भन्दै अध्यक्ष सिलवालले अब कम्पनीहरुले आफ्नो पुँजी, क्षमता तथा प्रविधिको प्रयोग बढाउनपट्टी लाग्नुपर्ने बताए ।सोही अवसरमा अध्यक्ष सिलवालले सर्वसाधारणमा बीमाको सहज पहुँच विस्तार गर्न स्थानीय तहसम्मै पुग्नुपर्ने र सबैले बुझ्ने र आवद्ध हुने गरि बीमाको पोलिसी समान खालको बनाउनुपर्ने बताए ।



