गभर्नर अधिकारीविरुद्ध अख्तियारमा उजुरी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । शैक्षिक योग्यता ढाँटेर राष्ट्र सेवक भई भ्रष्टाचार गरेको कसुरमा उनिविरुद्ध नेकपा माओवादी केन्द्र निकट संगठन वाइसिएलले अख्तियारमा उजुरी दिएको हो ।

बिहीबार वाइसिएल संयोजक सुमन देवकोटा सहितका नेताहरू काठमाडौंको टंगाल पुगेर उजुरी दिएका हुन् । कुनैपनि दलको सदस्य तथा पदाधिकारी राष्ट्र बैंकको गभर्नर तथा सञ्चालक पदमा नियुक्त हुन नपाउने व्यवस्थाको प्रतिकुल हुनेगरि गभर्नर पदमा रहेकाले नेपाल बैंकको संवेदनशिलता माथि गम्भिर प्रश्न उठेको भन्दै अधिकारीमाथि छानबिन गरि बर्खास्त गर्न माग गरिएको छ । साथै भ्रष्टाचार कसुरमा कारबाही गर्न माग समेत गरिएको छ ।

बिज्ञापन

सक्रीय राजनीतिक सदस्य रहेको भन्ने पुष्टि हालै नेपाल कम्युनिष्ट पार्टी एकीकृत (मार्क्सवाद लेनिनवाद) एमालेले जारी गरेको अन्तरपार्टी निर्देशिकाको विभाग गठन सम्बन्धमा असार २६ गते गठन गरिएको अर्थ तथा योजना सदस्य सुचिमा समावेस रहेको संगठनले  उल्लेख गरेको छ ।

गभर्नर अधिकारि पदमा वस्न योग्य नभएको भन्दै उनले गैरकानुनी रुपमा राज्यको सेवा सुविधा तथा पारिश्रमिक उपभोग गरि भ्रष्टाचार गरेको भन्दै यस विषयमा अनुसन्धान गर्न माग गरेको छ ।

सार्वजनिक पद धारण गरेका गभर्नर पार्टीको अर्थ विभागमा रहेको भन्दै चौतर्फी आलोचना भएको छ। यो कुरा संसदमा पनि उठेको छ । तर गभर्नर अधिकारी र एमाले समेतले एम अधिकारी आफू नभएको भन्दै दाबी गर्दै आएका छन् ।