उपसभामुखमा गठबन्धनबाट पुष्पा भुसालको मनोनयन दर्ता

काठमाडौं । प्रतिनिधिसभाको रिक्त उपसभामुख निर्वाचन प्रक्रिया आजबाट सुरू भएको छ ।सत्तारुढ पाँचदलीय गठबन्धनबाट नेपाली कांग्रेसकी सांसद पुष्पा भुसालले मनोनयन दर्ता गरेकी छन् ।केहीबेरअघि संसद् सचिवालयमा पुगेर उनले उपसभामुखका लागि मनोनयन दर्ता गरेकी हुन् ।

भुसाल पाँचदलीय गठबन्धनकी साझा उम्मेदवार हुन् । भुसालको प्रस्तावकमा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङ र समर्थकमा नेकपा एसकी सांसद लक्ष्मीकुमारी चौधरी छन् ।प्रमुख प्रतिपक्ष एमालेले भने उपसभामुखको मनोनयन दर्ता गर्ने कि नगर्ने भन्ने निर्णय गरिसकेको छैन ।यो संसदको कार्यकाल करिब चार महिना बाँकी छँदा उपसभामुखको निर्वाचन हुन लागेको हो ।

बिज्ञापन

आजै दिउँसो उम्मेदवारहरूको सूची प्रकाशन गर्ने कार्यसूची छ । शिवमाया तुम्बाहाङ्फेको राजीनामापछि रिक्त उपसभामुख पदमा झण्डै २ वर्षपछि नियुक्त गर्न लागिएको हो ।उपसभामुख चयनका लागि भोलि दिउँसो ३ बजेबाट मतदानको कार्यसूची तय भएको छ ।