
आजको पात्रो: आज २८ जेठ २०७० शनिबार । तद्नुसार जुन महिनाको ११ तारिक २०२२ । ज्येष्ठशुक्लपक्ष द्धादशी तिथि, गर करण, चित्रा नक्षत्र, वरियान योग, चन्द्रमा कन्या राशिमा रहेको छ । आज बिहान सूर्योदय ०५ः०८ मा हुनेछ भने सूर्यास्त ७ः०० बजे हुनेछ ।

आजको देवता कुवेर र ग्रहदेव वृहस्पति रहेको छ। शनिबारको दिन पिपलको वृक्षमा जल अभिषेक गर्नु उत्तम हुनेछ। शनिबारको दिन शनिदेव र सङ्कटाको दर्शनले जीवनमा आइपर्ने सानातिना विपत्तिलाई हटाउन सकिने छ । आज ११ः३६ देखि १२ः३१ सम्म अभिजित मुहूर्त रहेको छ। यो समयमा शुभकार्य गर्न सकिन्छ । शनिवारको दिन देवालय र शिवालय यात्रा गर्नु पनि उत्तम हुनेछ।



मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)

आजको दिन मेष राशिका जातकका लागि आजको दिन व्यापार व्यवसायबाट लाभ हुनेछ । परिवारको साथ सहयोगले मात्र तपाईंको योजना सफल हुनेछ । यात्राको लागि सूर्योदय पछि मात्र निस्कनु होला । यात्राबाट तपाईंलाई फाइदा हुनसक्छ । यात्रा गर्नुभन्दा अघि घरका जेष्ठ र श्रेष्ठ सदस्यबाट आशीर्वाद लिएर मात्र हिँडनु उत्तम हुनेछ ।
वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)
वृष राशिका जातकका लागि आजको दिन व्यापार व्यवसायमा सोचेअनुसार नहुन सक्छ यस्तो अवस्थामा तपाईंको सकारात्मक हुन जरुरी छ । आफूभन्दा ठूला व्यक्तिसँग भेटघाट गर्दा नयाँ कार्ययोजना बन्न सक्छ । कुनै देवालयको दर्शन गर्नुहोला । अर्थहानी हुनेसक्ने छ त्यसैले सतर्क हुनुहोला ।
मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)
परिवार र आफन्तजनहरुले तपाईमाथि मान सम्मान गर्नेछन् । त्यसैले आजको दिन सकारात्मक सोच राखेर काम गर्नुभयो भने मात्र खुसी हुनसक्नु हुनेछ । आजको दिन परिवारका सदस्य र अन्य कोही सदस्यसँग सौहार्दता बढ्ने छ । मौन रहनु उत्तम हुनेछ । त्यसैले आज बिहान सूर्योदयको दर्शन गरेर दिनको सुरुवात गर्नुभयो भने सोचअनुसार काम हुनेछ ।
कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)
कर्कट राशिका जातकले शनिबारको दिन विवाद र झगडा नगर्नुहोला । आजको दिन कसैसँग विवाद भयो भने तपाई र तपाइँसग विवाद गर्ने दुवै व्यक्तिको हानी हुनसक्छ । यात्रा गर्नुभयो भने अनावश्यक खर्च हुनेछ । शिवालय क्षेत्रमा गएर कुनै भोका व्यक्तिलाई खाना र वस्त्र दान दिनुहोला । बाल र वृद्धलाई भोजन दिनुहोला ।
सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)
आजको दिन आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुनेछ । आज तपाईंमा उत्साह बढ्नेछ । दाम्पत्य जीवनमा सुख प्राप्त हुनसक्छ । सहयोगी आफन्त र मित्रहरुबाट साथ सहयोग हुनेछ । यात्राबाट पनि नयाँ योजना पनि बन्न सक्नेछ । बिहान सूर्योदयको दर्शन गरेर मात्र कार्य अगाडि बढाइदिनुहोला ।
कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)
तपाईंको कारण आफन्तसँग सम्बन्ध सुधार हुनेछ । चन्द्रमाको साथ रहेको छ । सूर्योदयको दर्शन गर्नुहोला । अध्ययन अध्यापनबाट तपाईंलाई सफलताप्राप्त हुनेछ । स्त्रीजातिको साथ सहयोगबाट कार्य गर्दा सफलता प्राप्त हुन्छ । साना कन्यालाई केही खानेकुरा र वस्त्र दान दिनु होला । शिवालय यात्राले तपाईकालाई मनमा शान्ति प्राप्त हुनेछ । तपाईले कसैलाई अपमान नगर्नुहोला ।
तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते)
आजको दिन तपाईंको यात्रा कार्यमूलक हुनेछ । कुनै कामको सुरुवात गर्नुभएको छ भने त्यो कामको सम्पादन पूरा गर्नका लागि मेहनतपूर्वक लाग्नुहोला । कलाकारितामा र रचनात्मक काममा मन जानेछ । परिवारमा वा स्त्रीजातिहरुसँग विवाद हुनसक्छ, त्यसैले आजको दिन अर्थलाभ हुने कार्य गर्नुभयो भने फाइदा हुनेछ।
वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)
आजको दिन सकेसम्म कसैसँग विवाद हुने कुरा नगर्नुहोला । तपाईंलाई विवादबाट हानी मात्र हुनेछ । आर्थिक व्यय हुने संभावना छ । आजको दिन अनावश्यक खर्च हुनसक्ने संभावना रहेको छ होस् पुर्याउनु होला। आजको दिन गृहस्थ कर्म गरेर समय विताउनु भयो भने तपाईंको भलाई हुनेछ ।
धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)
आजको दिन तपाईले सोचअनुसारको काम हुनेछ । आफन्त र परिवारजनबाट साथ सहयोग हुनेछ । त्यसैले आजको दिन तपाईंलाई आजको दिन मानसम्मान समेत मिल्नेछ । सामाजिक र अध्यात्मसेवाका काम गर्नुहोला । सामाजिक कार्यबाट नैं तपाईंलाई सकारात्मक उर्जा मिल्नेछ ।
मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)
तपाईंको लागि देवालय र शिवालयको यात्राले तपाईंलाई मनमा प्रसन्नता छाउनेछ । विगतदेखि गर्दै आएको कामबाट मान सम्मान प्राप्त हुनेछ । सकारात्मक सोच राखेर काम गर्नुहोला । तपाईंको लागि अनावश्यक आरोप पनि लाग्न सक्छ । त्यसैले आजको दिन संमयताको खाँचो छ । आफ्नो नित्य कर्मयात्रामा निरन्तर लागिरहनु होला ।
कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)
आजको दिन शनिदेवको मन्दिरमा पुगेर दर्शन गर्दा तपाईंमा सकारात्मक सोच आउने छ । दाम्पत्य जीवनमा सुख, समृद्धि प्राप्त हुनेछ, परिवारका जेष्ठ सदस्यलाई उपहार दिएर आशीर्वाद लिनु उत्तम हुनेछ । साना बालबालबालिकहरुलाई केही खाना र वस्त्र दान दिनुभयो भने तपाईंको मनमा हर्ष छाउने छ । शनिदेवताको मन्त्रजप गर्नाले पनि तपाईंलाई फाइदा हुनेछ ।
मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)
आजको दिन अध्ययन अध्यापनमा समय विताउदा मीन राशिका जातका लागि फाइदा हुनेछ । गृहस्थ कर्ममा समय विताउनु होला । सामाजिक सेवा र चिन्तनको काममा समय दिनुहोला । नयाँ पुस्तक अध्ययन र सिर्जनात्मक लेखनका काममा लाग्नु होला । विहानको सूर्योदयको दर्शन गरी सूर्यनारायणको ध्यान, जप गर्दा आत्मिक शक्ति बृद्धि हुनेछ । देवालयको यात्रा फलदायी हुनेछ ।