भुवन खड्काको अभिनय रहेको म्युजिक भिडियो सार्वजनिक

दमक । पूर्वमा भूवन खड्का म्युजिक भिडियोमा पछिल्लो समयमा चलेको नाम हो ।निर्माता तथा निर्देशकको रोजाईमा अग्रपंक्तिमा पर्न थालेका खड्काको अभिनय रहेको `झर्न दिन्न ती आँखामा ´ बोलको म्युजिक भिडियो अहिले सार्वजनिक भएको छ ।

हालै सार्वजनिक भएको `झर्न दिन्न ती आँखामा आँसु´बोलको गितमा चर्चित गायक नन्दु गुरुङको स्वर रहेको छ भन्ने शब्द तथा निर्माण सरोज खड्का ले गरेका छन यश भिडियोलाई निर्देशन वियल राई ले गरेका छन भने छायांकन श्याम गिरी र शृङगार सोम मग्राति,सुमन मग्रातिले गरेका हुन भने सम्पादन मुहासिह थापामगरको रहेको छ । भुवन खड्का र मेनुका गिरीको अभिनय रहेको म्युजिक भिडियो सार्वजनिक भएको एकैदिनमा हजारौंले हेरेको बताउछन् कलाकार खड्का ।

बिज्ञापन

दुई दर्जन भन्दा बढी म्युजिक भिडियो साथै ठुलो पर्दाका चलिचित्र साथै सिरिजहरुमा देखिदै आएका खड्का पछिलो समय म्युजिक भिडियोमा नै व्यास्त रहेको देख्न सकिन्छ।