भारतमा पछिल्लो २४ घण्टामा कोरोनाबाट ६० जनाको मृत्यु

भारतमा कोरोना संक्रमण लगातार तीव्र गतिमा बढिरहेको छ।  भारतीय स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा ३ हजार ३ सय ७७ नयाँ कोरोना संक्रमित थपिएका छन्।

साथै २४ घन्टामा २ हजार ४९६ कोरोना संक्रमित निको भएका छन् भने ६० बिरामीको मृत्यु भएको छ।

बिज्ञापन

हालसम्म भारमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ५ लाख २३ हजार ७५३ पुगेको छ भने सक्रिय सङ्क्रमितको सङ्ख्या १७ हजार ८०१ पुगेको छ।