भारतमा कोेरोना संक्रमित वृद्धि, मृत्यु हुनेको सङ्ख्या ५.२१ लाख

भारतमा शनिबार पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ९७५ नयाँ संक्रमित भेटिएका छन् ।

यसका साथै भारतमा कोरोना संक्रमितको कुल संख्या ४.३० करोड भएको छ ।यस्तै शुक्रबार, यो संक्रमणका कारण ४ को मृत्यु भएको थियो ।

बिज्ञापन

यसअघि शुक्रबार ९४९ नयाँ संक्रमित भेटिएका थिए र ६ जनाको मृत्यु भएको थियो ।

भारतमा कोरोना भाइरस संक्रमणका कारण हुने मृत्युको आँकडा ५.२१ लाख भइसकेको छ ।

देशमा यतिबेला कोरोना भाइरस संक्रमितका कूल सक्रिय मामिलाको संख्या ११,१९१ छ ।