कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ । बैठक पार्टीको केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

उनका अनुसार ६ महानगरपालिका र ११ उपमहानगरपालिकाका प्रमुख र उपप्रमुखको उम्मेदवारबारे छलफल गर्न बैठक बस्न लागेको हो। बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको छ।

बिज्ञापन

कांग्रेसले आवश्यकता अनुसार स्थानीय निर्वाचनमा पाँच दलीय गठबन्धनसँग सहकार्य गर्ने भनिरहेको छ। यस्तै आजको बैठकमा गठबन्धनको विषयमा पनि छलफल हुने बताइएको छ।