
चुनावी अभियानलाई तीव्रता दिँदै व्यापक रुपमा आमसभा र कार्यक्रमहरु आयोजना गरिरहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले बिहीबार विराटनगरमा ‘शक्ति प्रदर्शन’ गरेको छ।

विराटनगरको महेन्द्र चोकमा विशाल आमसभाको नाममा गरिएको कार्यक्रमलाई पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन, प्रवक्ता ज्ञानेन्द्र शाही, नायिका तथा नेतृ रेखा थापालगायतले सम्बोधन गरेका थिए।
बिज्ञापन



कार्यक्रमका क्रममा उनीहरुले देशका ठूला पार्टी कांग्रेस, एमाले तथा माओवादीको विरोधसमेत गरेका थिए।

पूर्वराजा ज्ञानेन्द्र शाह तथा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको फोटो अंकित भेष्टलगाएका युवाहरुले स्वयंसेवकको भूमिका निर्वाह गरेको देखिन्थ्यो।