तत्काल उम्मेदवार नतोक्न कांग्रेसको निर्देशन

काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनका लागि तत्काल उम्मेदवार नतोक्न जिल्ला समितिलाई निर्देशन दिएको छ ।

सबै जिल्ला समितिलाई पत्राचार गर्दै कांग्रेसले उम्मेदवार सिफारिसलगायतका काम गरे पनि गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षका उम्मेदवार नै भने नतोक्न आग्रह गरेको हो ।

बिज्ञापन

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जिल्ला समितिलाई तत्काल उम्मेदवार नतोक्न भनेको बताएका छन् ।

नेपाली कांग्रेसको विधान अनुसार वडाअध्यक्ष र वडासदस्यको उम्मेदवार प्रतिनिधिसभा क्षेत्रीय संसदीय समितिले चयन गर्नेछ ।

त्यस्तै गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षका उम्मेदवार भने जिल्ला समितिले चयन गर्नेछ ।

नगरपालिका र उपमहानगरपालिकाको मेयर र उपमेयरका उम्मेदवार प्रदेश समितिले र महानगरपालिकाको मेयर र उपमेयर केन्द्रीय कार्यसमितिले चयन गर्नेछ ।