चीनका विदेशमन्त्री वाङ तीन दिने भ्रमणका लागि नेपाल आउँदै

काठमाडौं । मित्रराष्ट्र चीनका विदेशमन्त्री वाङ यी तीन दिने भ्रमणका लागि नेपाल आउँदैछन् ।

परराष्ट्र मन्त्रालयका अनुसार उनले आउँदो २५ देखि २७ मार्चसम्म नेपाल भ्रमण गर्न लागेका हुन् ।

बिज्ञापन

परराष्ट्रमन्त्री डा. नारायण खड्काको निमन्त्रणमा मन्त्री वाङ नेपाल आउन लागेको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

भ्रमणका क्रममा उनले नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्नेछन् ।

विज्ञप्तिमा जनाइएअनुसार परराष्ट्रमन्त्री खड्का र समकक्षी वाङको प्रतिनिधिमण्डलबीच आउँदा २६ मार्चमा औपचारिक वार्ता हुने छ ।

वाङले प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तथा माओवादी क्न्दैका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेट्ने कार्यक्रम छ ।