रुस खसाल्यो युक्रेनी लडाकू विमान

एजेन्सी । रुसले बेलारुसमा राखेको एस-४०० प्रतिरक्षा प्रणालीबाट युक्रेनी वायुसेनाको सु-२७ लडाकू विमान खसाएको छ ।

१५० किलोमिटर टाढाबाट सटीक निशाना लगाएर विमान खसाउँदै रुसले कीर्तिमान कायम गरेको छ ।

बिज्ञापन

युक्रेनी विमानलाई कर्नेल ओलक्सान्दर ओक्सानचेन्कोले उडाइरहेका थिए । उनले एयरशोमा अद्भुत प्रस्तुति दिएर युक्रेनीहरूको मन जितेका थिए ।

रुसी आक्रमणमा परी ओक्सानचेन्कोको मृत्यु भएको छ । उनलाई युक्रेनको नायकको उपाधि मरणोपरान्त दिइएको छ ।