
सप्तरी- नेपाली कांग्रेस सप्तरीको नयाँ नेतृत्व चयनका लागि आज (शनिबार) मतदान हुने भएको छ । सहमतिमा फागुन २० गते आज हुने भनिएको निर्वाचन एक दिनपछि सारिएको हो ।
जिल्ला सभापतिमा रामदेव साह र शत्रुधन यादवले प्यानलसहित उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारले प्रचारप्रसारलाई तीव्र बनाएका छन् ।

यादवको प्यानलमा उपसभापतिमा फतेह मोहम्मद, रामप्रसाद मण्डल, सचिवमा प्रभुनारायण चौधरी, सतन मण्डल, सहसचिवमा धनश्याम साह र मनोज खड्काको उम्मेदवारी दिएका छन्।
बिज्ञापन



साहको प्यानलबाट उपसभापतिमा रामकुमार साह, ध्रुवनारायण चौधरी, सचिवमा नन्दकिशोर यादव, दुर्गानन्द यादव, सहसचिवमा रामसुन्दर मण्डल, मोहम्मद मुस्लिमको उम्मेदवारी परेको छ ।
