महानायक राजेश हमालले भेषभुषा डटकमको शुभारम्भ गरे

नेपाली कला, संस्कृतिलाई नेपाली पहिरनको माध्यमबाट विश्वसामु चिनाउन भेषभुषा डटकम सञ्चालनमा आएको छ।

काठमाडौंमा सोमबार आयोजित कार्यक्रममा महानायक राजेश हमालले भेषभुषा डटकमको शुभारम्भ गरे। उनले नेपाललाई वेशभूषाका माध्यमबाट विश्वसामु चिनाउने अभिप्रायसहित भेषभुषा डटकम शुरु भएको बताए।

बिज्ञापन

हमालले फेसनबाट कोही पनि टाढा बस्न नसक्ने र हरेक मानिसले कुनै न कुनै माध्यमबाट आफ्नो व्यक्तित्वमा वेशभूषालाई समेटिरहने बताए। उनले फेसन समाजमा नभइ नहुने कुरा भएको पनि बताए। कम्पनीले नेपालको संस्कृति र कलालाई वेशभूषाका माध्यमबाट चिनाउने लक्ष्यसहित भेषभुषाको शुरुवात गरेको बताएको छ।

भेषभुषा डटकमले सबै उमेर समूहलाई सुहाउने डिजाइनबाट सबै नेपालीका वेशभूषालाई विश्व बजारमा पहिचान दिलाउन पहल गर्ने प्रतिबद्धता जनाएको छ। आफ्नो अनलाइन साइटका माध्यमबाट नेपाली कला संस्कृतिसँग जोडिएका वेशभूषाको विश्व बजारीकरण गरिने पनि उसले जनाएको छ।

भेषभुषा डटकमले केही वर्षभित्र ५० करोड रूपैयाँ लगानी गरेर वेशभूषा बजार विस्तार गर्ने सोच बनाएको जानकारी दिएको छ। तत्कालका लागि भने कम्पनीले ५ करोड रूपैयाँको लगानीमा भेषभुषा डटकम शुरु गरेको जनाएको छ।