
इरान कतारमा यसैवर्ष हुने फिफा विश्व कप फुटबलका लागि छनोट भएको छ ।

इराकलाई १–० गोलले हराउँदै इरानले विश्व कपमा स्थान पक्का गरेको हो ।
बिज्ञापन



इरानको जितमा मेधी तारेमीले खेलको ४८औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो ।

इरान समूह ‘ए’ मा सात खेलबाट १९ अङ्क जोड्दै शीर्ष स्थानमा रहेको छ ।
इरान एसियाली देशबाट सन् २०२२ को विश्व कप फुटबलमा पुग्ने पहिलो देश बनेको छ ।