
साउन सोमबार साउन महिनाको सोमबार हिन्दुधर्मालम्बीहरू यस माहिनालाई विशेष महिनाको रूपमा मनाउने गर्दछन् । हिन्दु धर्मावलम्बीका लागि सोमबारको दिन विशेष महत्वको दिन हो । यस दिन धेरै महिलाहरु भगवान शिवको व्रत बस्दछन् । तर केवल हिन्दु धर्मावलम्बी भएका देशमा मात्र होइन मध्य युरोपका देशहरुमा समेत सोमवारको खास महत्व छ । साउन महिनाको सोमबार भक्तपुरको सीपाडोलस्थित केदारनाथको शिर डोलेश्वरको मन्दिर, ललितपुरका शिव मन्दिर, भक्तपुरको दत्तात्रेय मन्दिर, काभ्रेका मन्दिरहरू र पशुपति मन्दिरमा विभिन्न ठाउबाट श्रदालु भक्तजनहरुको घुइचो लाग्ने गर्दछ । मुख्य रूपमा नेपालको जुनसुकै भूभागमा बस्ने मानिसहरूले पनि यस महिना विशेष रूपमा भगवान् शिवको पुर्जा अर्चनाका साथ ब्रत बस्ने परम्परा रही आएको छ । महिलाहरू हरियो पहिरनमा सजिनुका साथै, हरियो चुरा र हातमा मेहन्दी लगायर यस महिना आयको महसुस गराउदछन् भने भगवान् शिवको पूजा गरी ब्रत बस्ने गर्दछन् भने पुरुषहरू पनि पहेलो वस्त्रमा सजियर शिवको मन्दिर पूजा अर्चनाका लागी जाने गर्दछन् । सोमबार ब्रत बस्ने दिनभर भगवान् शिवको पूजा गर्ने अनि बेलुका चोखो खानेकुरा खाने जसमा विशेष गरी कर्कलो खायर ब्रत त्यस दिनको समाप्त गर्ने गर्दछन् । शिव जस्तै वर पाम भनी पनि ब्रत बस्ने गरेको पाइन्छ । विवाहित महिला आफ्नो घरपरिवार र श्रीमानको स्वास्थ्य लाभको कामना गदै ब्रत बस्ने गर्दछन् भने् अविवाहित महिला राम्रो श्रीमान तथा शिवजी जस्तो वरपाम भनी ब्रत बस्नुको साथै आफ्नो परिवारको सुख शान्तिको कामना गर्दै ब्रत बस्ने गर्दछन् । साउन महिना भर चोखो खाएर माछामासु नखाई कन शुद्ध भएर बस्ने गर्दछन् भने कतिजना त लसुन प्याज तथा बिटुलो मानिने कुनै पनि खानेकुरा नखाइकन पुरा १ महिना शुद्ध चोखो खाएर साउन महिना भर बस्ने गर्दछन् । यसरी १ महिना सम्म ब्रत बसेर साउन महिना मनाउने गर्दछन् । बोलबम पनि यही साउन महिनामा जाने गर्दछन् ।

हिन्दू धर्मावलम्बीहरु सोमबारको दिन विशेष रुपमा भगवान शिवको वर्त बस्ने र आफूले चाहेको वर माग्ने गर्छन। सोमबारको दिन भगवान शिवको पूजा आराधना गर्नाले मनाकनामा पूरा हुने विश्वास रहेको छ।ज्योतिष शास्त्रमा उल्लेख भए अनुसार सोमबारको कारक ग्रह चद्र हो भने यसको स्वामी शिव हो।



त्यसैले यस दिन चन्द्र र शिव जोडिएको उपस गर्नु उत्तम मानिन्छ। आज हामी तपाईहरुलाई ज्योतिषशास्त्रमा उल्लेख भए अनुसार सोमबारको दिन गर्नुपर्ने कार्यहरु बारे जानकारी दिन जाँदै छौँ जसले दुर्घटनाको योग र मृत्यु भयबाट छुट्कारा दिलाउने गर्छ।शिवजीको पूजा आरधना धेरै फलदायी हुने र यसको फलस्वरूप भगवान शिवले सम्पूर्ण भक्तजनको मनोअकंक्षा पुरा गरिदिने मान्यता रहेको छ।

जुन व्यक्तको कुण्डलीमा ग्रहको दोष रहेको छ उसले जीवनका हरेक पाइलामा असफलता भोग्नु पर्ने हुन्छ।त्यसैले आज हामी तपाईहरुलाई सोमबारको दिन भगवान शिवको पूजा विधि सहित जप्नुपर्ने मन्त्रहरुको बारेमा जानकारी दिन जाँदै छौँ जसबाट शिव छिटो प्रसन्न भई वरदान दिने र जीवनमा सफलता मिल्ने गर्छ।
मन्त्र :
.ऊं नमः शिवाय , नमः शिवाय शुभं शुभं कुरू कुरू शिवाय नमः ऊं’ , (नमो नीलकण्ठाय, ऊं पार्वतीपतये नमः, ऊं पशुपतये नमस्)
सोमबारको दिन विहान सबेरै उठेर पूर्ण शरिर नुहाएर घरमा सम्भव नभए नजिकको शिव मन्दिर गाई शिव, माता पार्वती र नन्दीलाई गंगाजल वा पवित्र जल अर्पित गर्नुहोस्। यस पश्चात शिवलिङ्गमा चन्दन। चामल, बेलपत्र र धतुरोको फुल चढाउनुहोस्।