प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच बालकोटमा भेट, के विषयमा भयो कुराकानी ?

काठमाडौं — प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच बालकोटमा भेटवार्ता भएको छ ।

नेकपा (एमाले)ले प्रतिनिधिसभा बैठकमा निरन्तर अवरोध गरेपछि अवरोध हटाउने विषयमा सर्वदलीय बैठकमा समेत एमाले उपस्थित नभएपछि प्रधानमन्त्री देउवा छलफलका लागि ओली निवास बालकोट पुगेका थिए ।

बिज्ञापन

प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई संसदमा गरेको अवरोध अन्त्य गर्ने विषयमा छलफल भएको जानकारी दिए ।

एमालेले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीका सांसद उपस्थित भएको संसद र बैठकहरूमा उपस्थित नहुने अडान राख्दै आएपछि केही दिनदेखि प्रतिनिधिसभा बैठक सुचारू रूपले सञ्चालित हुन समस्या परेको छ ।

हिजो सत्तापक्षीय गठबन्धनका नेताहरूको बैठकले प्रतिनिधिसभा अवरोध हटाउनको लागि एमाले पार्टीसँग अपिल गर्ने निर्णय गरेको थियो ।