
काठमाडौँ : नेकपा एमालेको ६१ जिल्लामा जारी अधिवेशनबाट आज नयाँ नेतृत्व चयन हुने भएको छ। शुक्रबार एमाले अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल रुपमा देशभरका ६१ जिल्लाको जिल्ला अधिवेशन उद्घाटन गरेका थिए ।

१६ जिल्लामा भने चिसो र हिमपात लगायत कारणले जिल्ला अधिवेशन स्थगित गरिएको छ।
बिज्ञापन



हिजो अधिवेशन उद्घाटन भएका जिल्ला मध्ये कतिपय जिल्लामा शुक्रबार रातिबाट नै बन्दसत्र सुरु भएको छ भने कतिपय जिल्लामा आज बन्दसत्रको कार्यक्रम राखिएको छ। बन्दसत्रबाट जिल्लाको नयाँ नेतृत्व चयन हुने एमालेले जनाएको छ।

अध्यक्ष ओलीले सकेसम्म सर्वसम्मत रुपमा नेतृत्व चयन गर्न निर्देशन दिएका छन्। १६ जिल्लामा अर्को मितिमा महाधिवेशन हुने भएको छ।