
काठमाडौँ — प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न प्रधानमन्त्री शेरबहादुर देउवा बालकोट जाँदै छन् ।

शनिबार बिहान साढे १० बजे प्रधानमन्त्रीले ओलीलाई भेट्ने कार्यक्रम रहेको ओलीका प्रेस संयोजक रामशरण बजगाईंले बताए ।
बिज्ञापन



शुक्रबार बसेको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकले संसद् अवरोध र न्यायालयको समस्याबारे प्रधानमन्त्री देउवालाई ओलीसँग वार्ता गर्न आग्रह गरेको थियो ।

यसअघि समितिका संयोजकसमेत रहेका कांग्रेस नेता रामचन्द्र पौडेल बालकोट पुगेर ओलीसँग कुरा गरेका थिए ।