माओवादीले एमालेले टुंग्यायो राष्ट्रिय सभाका उमेदवार

काठमाडाैँ : नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवार टुंगो लगाएको छ।

माओवादी केन्द्रले प्रदेश २ मा उर्मिला अर्याल, गण्डकीमा अन्य समूहबाट सुरेश आलेमगर र दलितबाट भरत सुनार, कर्णालीमा अपांग अल्पसंख्यकबाट नरबहादुर विष्ट र सुदूरपश्चिममा दलित कोटामा जगत पार्कीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

बिज्ञापन

सोमबार बसेको माओवादीको केन्द्रीय समिति बैठकले राष्ट्रिय सभा सदस्यका उम्मेदवार चयन गर्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको थियो।

प्रचण्डले आज उम्मेदवारको टुंगो लगाएको सचिवालयले जनाएको छ। राष्ट्रिय सभाको रिक्त हुन लागेको १९ सिटमा आज मनोनयन दर्ता हुँदै छ। माघ १२ गते निर्वाचन हुने कार्यतालिका छ।

सत्तारुढ गठबन्धनले संयुक्त रुपमा उम्मेदवारी दर्ता गर्ने तयारी गरेका छन्। त्यसका लागि उनीहरुले एमालेविरुद्ध मोर्चाबन्दी गरेर सिट संख्या भागबण्डासमेत गरिसकेका छन् ।