इजरायललाई चेतावनी दिँदै इरानले पड्कायो १६ मिसाइल

इरानले शुक्रबार आफ्नो पाँच दिवसीय सैन्य अभ्यासको अन्तिम दिन इजरायललाई चेतावनी दिनको लागि १६ वटा व्यालेस्टिक मिसाइल पड्काएको छ।

एएफपीका अनुसार इरानको सैन्य बलका प्रमुख मेजर जनरल मोहम्मद बाघेरीले सरकारी टेलिभिजनको माध्यमबाट भनेका छन्, ‘हिजोआज यहुदी शासनले जुन किसिमको खतरा पैदा गरेको छ, यो अभ्यास उनीहरुलाई दबाब दिनको लागि गरिएको हो।’‘चुनिएको लक्ष्यअनुसार १६ मिसाइललाई पड्काइएको छ।

बिज्ञापन

यस अभ्यासमा इरानमा भएका सयौँ मिसाइलमध्येका ती मिसाइललाई प्रयोग गरिएको छ, जसले उक्त देशलाई तहसनहस पार्न सक्छ र इरानमाथि हमला गर्नेबारे उनीहरुले सोच्न पनि नसकून्।’

महान पैगंबरको नाममा यो सैन्य अभ्यास सोमबारबाट बुशहर, होर्मजगान र खुजेस्तान प्रान्तमा सुरु भएको थियो।

यो सैन्य अभ्यासलाई यहुदी शासनका अधिकारीको लागि गम्भीर चेतावनी रहेको इरानले जनाएको छ।

यो अभ्यास अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिवनको इजरायली प्रधानमन्त्री नेफ्टाली बनेटसँग बुधबार भएको भेटघाटका क्रममा भएको थियो।

इजराइल सन् २०१५ मा इरानको परमाणु सम्झौतालाई पुनस् लागू गर्ने विषयको विरुद्धमा रहेको छ।

यता इजरायली नेताले इरानमाथि हमला गर्ने संकेत दिइसकेका छन्।