
बंगलादेशमा एउटा यात्रुवाहक डुंगामा आगलागी हुँदा ३९ जनाको ज्यान गएको अधिकारीहरूले बताएका छन् । उक्त घटनामा परेर झन्डै १०० जना घाइते भएका छन् । त्यहाँको सुगन्धा नदीमा उक्त घटना भएको हो ।

घटना भएको झालकोटी जिल्लाका अतिरिक्त प्रहरी उपरीक्षक मोइनुल हकले घटनास्थलमा दर्जनौं शव फेला पारिएको बीबीसी जनाएको छ ।
बिज्ञापन



डुंगामा आगो लाग्दा कैयौँ यात्री नदीमा हाम फालेको अधिकारीहरूले बताएका छन् ।

‘मृतकको सङ्ख्या बढ्न सक्ने ठानिएको छ । धेरैजसोको मृत्यु आगोले जलेर भएको छ भने केही आगलागी भयो भनेर पानीमा हाम फाल्दा डुबेर मरेका छन् ।
‘डुंगामा ५०० जना यात्रु रहेको बताइएको छ ।