
काठमाडौँ : नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक अहिले पेरिसडाँडामा बसिरहेको छ । ११ पुसबाट काठमाडौंमा सुरु हुने राष्ट्रिय सम्मेलनमा पेस गरिने राजनीतिक दस्तावेज, राष्ट्रिय सम्मेलनका अन्य विषयबारे जारी बैठकमा छलफल हुनेछ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तयार गरेको राजनीतिक प्रतिवेदनमाथि स्थायी कमिटीका सदस्यले दिने सुझावलाई समेटेर पूर्णता दिने तयारी गरिएको छ। माओवादीले यसपटक राष्ट्रिय सम्मेलनमा विचारको बहस हुने बताएको छ।
बिज्ञापन



माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले सम्मेलनका विविध पक्षबारे बैठकमा छलफल भइरहेको बताए । माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन यही पुस ११ देखि १३ गतेसम्म काठमाडौंमा हुँदैछ।
