नेपाल आइडलका जज दर्शकलाई मूर्ख बनाउँदै

काठमाडौँ : लोकप्रिय गायन रियालिटी शो नेपाल आइडलले हरेक एपिसोडमा कुनै न कुनै बेसुरको प्रतियोगी ल्याएर प्रशस्त समय दिन्छ अनि कार्यक्रम बढो हाइलट गरेर प्रसारण पनि गर्छ। जजहरू तिम्रो सुर छैन भन्नुको साटो वाह भन्दै उकास्छन्।

गायनसम्बन्धी रियालिटी शोमा सधैँ सुर भएका मात्र आउँदैनन् बेसुरा पनि आउँछन्। तर गजब के भने कार्यक्रम निर्माता अनि निर्णायकहरूले त्यस्तै बेसुरालाई पनि प्रमोट गरिरहेको देखिन्छ। तर त्यो प्रतिभाको खोजीको बहानामा टिआरपी ल्याउने भद्दा मजाक मात्र हो। सुरको नाममा बेसुरका प्रतियोगीलाई देखाएर अनि वाह भन्दै अपमान गरेर कार्यक्रम हेर्ने दर्शकले मनोरञ्जन पाउँछन् र ?

बिज्ञापन

कि फ्रेन्चाइज ल्याएपछि त्यसले गर्ने सबै नक्कल गर्नु अनिवार्य हो र?  यस अगाडिका सिजनमा पनि नरेश पातली अनि झक्कड थापालाई त्यस्तै गरेर भाइरल बनाएर मजाक बनायो आइडलले। अहिले चौथो सिजन चलिरहेको छ। नेपालगन्ज अडिसनमा आएका एक प्रतियोगीलाई निर्णायकहरूले उही नरेश र झक्कड बनाउने प्रयास गरे।

उनी थिए पारस जिसी। उनी स्टेजमा आएर के गाउने पनि कन्फ्युज थिए। त्यसले उनी आफै आएको भन्दा नि कार्यक्रम रोचक बनाउन भनेर ल्याएको पो हो कि झैँ देखियो।

उनले ‘गोरी सुन रे’ बोलको गीत सुर न तालले गाउँदा तीनै जज उक्साइराथे अरू गाउनुस् भन्दै। उनले ‘रित्तो रित्तो ‘ गाए उहीँ ताल न सुरमा अलि मजाको सुनाउनु भन्दै तेस्रो गीत गाउन लगाए।

उनले नि सरगम तानौझै गरेर लेघ्रो तानेर गाइदिए’ घुम्तीमा नआऊ है।’ अन्तमा तयारी पुगेन भनेर सेलेक्ट भएन। उनले पहिलो गीत गाउँदा नै गीत भन्दा गीतमाथि मजाक गर्न आएको थाहा पाउँदापाउँदै जजको यो पारा ठिक देखिएन।

बेकारमा नेपाली सङ्गीत क्षेत्रमा नरेश पातली र झक्कड खोजेर के चैँ योगदान हुन्छ होला र ! यस्ता कार्यक्रम त भाइरल जन्माउने भन्दा प्रतिभा जन्माउनै केन्द्रित भए राम्रो हो नि!