
काठमाडाैँ : मेक्सिकोमा ट्रक दुर्घटना हुँदा कम्तीमा ५३ जनाको मृत्यु भएको छ ।

दर्जनौँ घाइते भएका अधिकारीहरूले बताएका छन् । १०० भन्दा बढी आप्रवासी सवार मालवाहक ट्रक दक्षिणी मेक्सिकोको एक पैदल पुलमा ठोक्किएर दुर्घटना भएको हो ।
बिज्ञापन



मेक्सीकोको चियापास राज्यको राजधानी नजिक उक्त ट्रक बढी लोड भएका कारण मोडिने क्रममा दुर्घनामा परेको हुनसक्ने बताइएको छ ।

घाइतेमध्ये करिब ४० जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।
उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।