
बुटवल : बुद्ध जन्मस्थल लुम्बिनी विश्वको ध्यान केन्द्रित गर्ने महत्त्वपूर्ण स्थान हो।




बौद्ध धर्मालम्वीको आस्थाको केन्द्र त हो नै यो विश्व शान्तिको मुहानका रुपमा पनि परिचित छ तर लुम्बिनीमा भइरहेको विकास निर्माण र आसपासका क्षेत्रमा बनिरहेका औद्योगिक संरचनाले लुम्बिनी ‘खतरा’मा पर्दै गएको छ।

विश्वसम्पदा सूचिमा रहेको लुम्बिनीलाई बचाउन संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को)ले आग्रह गरिरहेको छ। तापनि लुम्बिनीमा जथाभावी संरचना निर्माण एवं प्रदूषण नरोकिएको समाचार अन्नपूर्ण पोस्ट दैनिकमा छ।
केही समयअघि सर्वोच्च अदालतले लुम्बिनी क्षेत्रको १५ किलोमिटर दूरीमा रहेका उद्योगहरु हटाउन र नयाँ नखोल्न सरकारलाई आदेश दिएको छ।
लुम्बिनी क्षेत्र पछिल्लो समय मुलुककै सबभन्दा प्रदुषण हुने क्षेत्र बनेको छ। यहाँ रहेका उद्योग र बन्दै गरेका विकास निर्माणले प्रदुषण उच्च बनाएको हो। भारतीय सीमावर्ती क्षेत्रका उद्योग समेत लुम्बिनीका लागि चुनौति बनेका छन्।