अभिनयमा फर्किइन् चम्सुरी

कलाकार पल्पसा डंगोल ‘चम्सुरी’ अभिनयमा फर्किएकी छन् । दुबै मृगौला फेल भएका कारण विगत ६ महिनादेखि अभिनयबाट टाढा रहेकी उनी केही दिन अगाडि अभिनयमा फर्किएकी हुन् ।

आफु अभिनयमा फर्किएको डंगोलले मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएकी छन् । उनले लेखेकी छन्, ‘आज बेलुका ‘मेरी बास्सै हेर्नुहोला । म भेट्न आउँदैछु ।’

बिज्ञापन

चम्सुरी अभिनयमा फर्किदा ‘मेरी बास्सै’ युनिटले छायाङ्कन सेटमा भव्य स्वागत समेत गरेको थियो । उनको मिर्गौला प्रत्यारोपण गर्न भने बाँकी रहेको छ । करिब ५ वर्षदेखि डायलाइसिस गराइरहेकी पल्पसा ६ महिना अगाडि उपचारका लागि अस्पताल भर्ना भएकी थिइन् । सोही समयदेखि उनी अभिनयबाट टाढा भएकी थिइन् ।