
जर्मनीमा अहिले कोरोना भाइरस संक्रमणको चौथो लहर चलिरहेको छ ।

पछिल्लो २४ घण्टामा यहाँ ५० हजारभन्दा धेरै मानिसमा कोरोना देखिएको छ । महामारीपछि यस्तो पहिलोपटक भएको हो ।
बिज्ञापन



अवस्था यस्तै रहे अस्पतालहरुमा बिरामीका लागि ठाउँ बाँकी नरहने चेतावनी डाक्टरहरुले दिएका छन् । खोप नलगाएका मानिसका कारण कोरोनाको चौथो लहर फैलिएको विभिन्न रिपोर्टहरुले जनाएका छन् ।

त्यहीकारण अहिले खोप नलगाएका मानिसहरुलाई बार र रेस्टुरेन्ट जान कडाई गरिएको छ ।