
काठमाडौं । नेकपाका सांसद झपट रावलले भ्रष्टाचारीहरु आठ तला मात्रै होईन त्यो भन्दा माथिबाट हामफालेर मरे पनि कुनै फरक नपर्ने बताएका छन् ।

बिज्ञापन



आज बसेकोे राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद रावलले यस्तो बताएका हुन् । बालुवाटारको सरकारी जग्गा व्याक्तिको नाममा बनाएको आरोप लागेका तत्कालिन मालपोत कार्यालय डिल्लीबजारमा खरिदार रहेका युक्तप्रसाद श्रेष्ठले माछा पोखरीको एक सपिङ मलबाट हामफालेर आत्महत्या गरेको प्रसंङ्गमा बोल्दै सांसद रावलले भने, ‘भ्रष्टाचारीले आठ तला भन्दा माथिबाट हामफाले पनि कुनै फरक पर्दैन ।’

साथै उनले दिनको १० जना भ्रष्टाचारीले आत्महत्या गरेको खबर सुन्न पाइए झनै राम्रो हुने बताएका छन् । उनले भ्रष्टाचारविरुद्ध सरकार आक्रामक र निरङ्कुश हुनुपर्ने तर्क समेत गरे ।