आजको मौसम देशभर सफा रहने

काठमाडौँ : आज देशका केही भागमा सामान्य वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ भने अन्य भूभागमा भने सामान्यतयाः मौसम सफा रहने छ। यस्तै उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

यसैगरी राति देशको पहाडी भूभागमा आंशिक बदली रही बाकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ । हाल नेपालमा उल्लेखनीय मौसम प्रणाली नरहेको महाशाखाको भनाइ छ ।

बिज्ञापन