
काठमाडौ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल प्रहरीलाई नमुना संगठन र सुशासनको पहरेदार बनाउन सुधारका प्रभावकारी कार्यक्रम थालिएको बताएका छन् । उनले प्रहरी संगठन पूर्ण रूपमा चेन अफ कमान्डमा चलिरहेको र कुनै किसिमको राजनीतिक हस्तक्षेप नभएको बताए ।




महानिरीक्षक खनालले शुक्रबार विभिन्न सञ्चार माध्यमका सम्पादक र वरिष्ठ सञ्चारकर्मीहरूसँग गरेको छलफलका क्रममा सुरक्षा विषयलाई कसैले पनि हलुका रूपमा लिन नहुनेमा जोड दिए ।

महानिरीक्षक खनालले प्रहरी संगठनको सुधारका लागि आफू हरपल लागिरहेको र पहिलेको तुलनामा प्रहरीमा धेरै सुधार आइरहेको दाबी गरे । महानिरीक्षक खनालले प्रहरी संगठनलाई उत्तरदायी र पारदरर्शी संगठनका रूपमा विकास गर्दै लगिएको जानकारी दिए।
उनले उपत्यकामा देखिएको ट्राफिक समस्या र भीआईपी मुमेन्टलाई उचित व्यवस्थापन गर्ने गरी प्रभावकारी कार्यक्रम ल्याउन लागिएको बताए ।