आजको  मौसम थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना

मुलुकको पहाडी भूभागमा आज सोमबार पनि पानी पर्ने पूर्वानुमान छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार मुलुकलाई प्रतिकूल पार्ने कुनै उल्लेखनीय मौसमको खराबी भने देखिएको छैन ।

बिज्ञापन

दिउँसो पहाडी भूभागमा बदली रही थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

मंगलबार गण्डकी, लुम्बिनी र कर्णालीका थोरै स्थानमा हल्का वर्षाको अनुमान छ ।

मंगलबार राति सुदूरपश्चिमका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।