एकीकृत समाजवादीको केन्द्रीय सचिवालय ११ सदस्यीय हुने

काठमाडौँ : नेकपा एकीकृत समाजवादीले ११ सदस्यीय केन्द्रीय सचिवालय बनाउने निर्णय गरेको छ। बिहीबार बसेको स्थायी कमिटीको बैठकले अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा सचिवालय बनाएको हो ।

जसमा वरिष्ठ नेता झलनाथ खनाल, मुकुन्द न्यौपाने, उपाध्यक्षहरु राजेन्द्र पाण्डे, प्रमेश हमाल र जयन्ती राई छन् ।

बिज्ञापन

यस्तै महासचिव वेदुराम भुसाल, उपमहासचिव प्रकाश ज्वाला, गंगालाल तुलाधर, विजय पोडेल र जगन्नाथ खतिवडा छन् । स्थायी कमिटी बैठक बस्न नसकेको बेला केन्द्रीय सचिवालयले आवश्यक निर्णय गर्न सक्ने उपमहासचिव ज्वालाले जानकारी दिए ।

महासचिव भुसालको नेतृत्वमा उपमहासचिवहरु ज्वाला, तुलाधर, पौडेल र खतिवडा रहेको केन्द्रीय कार्यालय पनि बनेको छ ।