प्रतिनिधिसभाको बैठक आज बस्दै

प्रतिनिधिसभाको बैठक बिहीबार दिउँसो २ बजे बस्दै छ। बैठकमा आर्थिक विधेयकमाथि छलफल, उक्त विधेयकमाथि प्राप्त संशोधन निर्णयार्थ प्रस्तुत गर्ने, अर्थमन्त्री जनार्दन शर्माले आर्थिक विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेसहितको सम्भावित कार्यसूची छ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोध र नाराबाजीकै बीच गएको सोमबार प्रतिनिधिसभाबाट बजेट पारित भएको थियो। एमालेको अवरोधबीच सरकारले प्रतिस्थापन विधेयकबाट बजेट ल्याएर पारित गरेको हो।

बिज्ञापन

आफूले कारबाही गरेका माधवकुमार नेपालसहित १४ सांसदको पद गएको सूचना नटाँसेर सभामुख अग्निप्रसाद सापकोटाले पार्टी विभाजनमा सहयोग गरेको आरोप एमालेले लगाउँदै आएको छ। एमालेबाट विभाजित भएर नेता नेपालको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) पार्टी गठन भएको छ।