
काठमाडौँ : नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले गठबन्धन सम्मिलित केही दलभित्रको आन्तरिक अलमलका कारण मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको बताएका छन् । आज गणेशमान सिंहको २५ औंस्मृतिम दिवसको अवसरमा गणेशमान सिंह फाउन्डेसनले शोभाभगवतिमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता सिंहले यस्तो बताएका हुन् ।

कार्यक्रमा नेता सिंहले गठबन्धनमा भएका दलहरुबीच कुरा नमिल्दा मन्त्रिपरिषद् विस्तार ढिलाइ भएको भन्दै छिटै सरकारले पुर्णता पाउने बताएका छन् । साथै कम्युनिष्टहरुको दुई तिहाईको सरकारले जनताको मर्म र भावनामा लगातार प्रहार गरेको बताउँदै कम्युनिष्टहरुले संविधानको भावना र मर्म अनुसार काम गर्न नसकेकै कारण गठबन्धनको निर्माण भएको बताए ।



नेता सिंहले कम्युनिष्टहरु असफल हुँदा त्यसको प्रतिफल स्वरुप नेपाली काँग्रेसले सरकारको नेतृत्व गर्ने अवसर पाएको बताए । काँग्रेस नेतृत्वको सरकारले जनताको भावना अनुसार काम गर्नेमा विश्वास रहेको उनको भनाय थियो । त्यस्तै नेता सिंहले पार्टीको १४ औं महाधिवेशनबाट नेपाली जनताको भावना बुझ्ने सक्षम नेतृत्व आउने बताए । उनले पार्टी भित्र विवाद र अलोकतान्त्रिक गतिविधी बढीरहेको भन्दै विवाद भएका जिल्लामा विधीविधान अनुसार समधान गर्नु पर्ने बताए ।

‘पार्टी भित्र विवाद र अलोकतान्त्रिक गतिविधी बढीरहेको छ ।’ उनले भने, ‘महाधिबेशन निष्पक्ष तवर गर्नु पर्दछ । विवाद भएका जिल्लामा विधीविधान अनुसार समधान गर्न सभापति लगायत सम्पूर्ण नेताहरु लाग्नु पर्दछ ।’ अर्को प्रसङ्गमा नेता सिंहल साझा उम्मेद्वारको सम्भावना अझै नसकिएको भन्दै त्यसका लागी निरन्तर छलफल भइरहेको बताए । तर आफु सभापतीको उम्मेदवारबाट पछि नहट्ने बताए ।