
काठमाडौँ : आज देशभर मौसम बदली भई धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालमा भारतको मध्य प्रदेश आसपासमा अवस्थित न्युन चापीय क्षेत्रको प्रभाव पर्नुका साथै मनसुन न्यून चापीय रेखा औसत स्थान नजिक रहेकोले मौसम बदली भएको हो ।

आज दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । राति पनि देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । यस्तै आज राति देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको समेत महाशाखाको भनाइ छ।



भारी वर्षाको सम्भावनासँगै पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको महाशाखाको भनाइ छ । नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले तटीय क्षेत्रमा सतर्कता अपनाउनसमेत महाशाखाले आग्रह गरेको छ ।
