बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मन्त्रिपरिषद् विस्तार गर्ने

काठमाडौं– बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मन्त्रिपरिषद् विस्तार गर्ने भएकी छन्। मुख्यमन्त्री शाक्यले सरकारको नेतृत्व लिएको २१ दिनपछि मन्त्रिपरिषद् विस्तार गर्न लागेकी हुन्।

उनले आज बुधबार ५ जना मन्त्री र ४ जना राज्यमन्त्री नियुक्त गर्ने तयारी गरेकी छिन्। आज मध्याह्न १२ बजे नियुक्त गरी शपथ खुवाउने तयारी भइसक्दा नियुक्त हुने मन्त्री र राज्य मन्त्रीको नाम भने सार्वजनिक भएको छैन।

बिज्ञापन

मुख्यमन्त्री शाक्य गत भदौ २ गते मुख्यमन्त्री नियुक्त भएकी हुन्। लामो समय एमालेमा माधवकुमार नेपालको पक्षमा रहँदै आएकी उनी प्रदेश सरकारको नेतृत्व गर्नुअघि एमालेमै रहने निर्णयमा पुगेकी थिइन्।