प्रदेश नम्बर २ को प्रदेश प्रमुखमा  महोत्तरीका हरिशंकर मिश्र

राष्ट्रपति विद्यादेवी भण्डारीले महोत्तरीका हरिशंकर मिश्रलाई प्रदेश नम्बर २ को प्रदेश प्रमुखमा नियुक्त गरेकी छन् । उनले नेपालको संविधानको धारा १६३ को उपधारा ९२० बमोजिम मन्त्रिपरिषद्को गत साउन ३२ गतेको बैठकको निर्णय एवं प्रधानमन्त्रीका सिफारिसमा मिश्रलाई आज ९मंगलबार० प्रदेश प्रमुखमा नियुक्त गरेकी हुन् ।

यसअघि राष्ट्रपतिले सरकारको हिजो ९सोमबार०को सिफारिस अनुसार नेपालको संविधानको धारा १६५ को उपधारा ९१० खण्ड ९ख० बमोजिम सो प्रदेशका प्रदेश प्रमुख राजेश झालाई पदमुक्त गरेकी राष्ट्रपतिको कार्यालयका प्रवक्ता जगन्नाथ पन्तद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

बिज्ञापन